स्थानीय समिति बिस्तार गर्दै राष्ट्रिय जनमोर्चा
बङगलाचुलीको गाउँ गाउमा राजमो राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालीकाले पालिका भित्रका सबै गाउँ र टोल टोलमा राष्ट्रिय जनमोर्चाका समिती बनाउने योजना बनाएको छ । पालिका अध्यक्ष सुमन घर्तिको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त कार्यक्रमको तर्जुमा गरेको हो ।
यहि कार्यक्रम अन्तर्गत बङगलाचुली ६ को रिभान, तिमिले, सिउडे, गद्दारी र वडा नम्बर ३ को दाङ्बाङ मा भेटघाट तथा छलफल गरि नया योजनाहरु तर्जुमा भएका छ्न । पालीका भित्रका विभिन्न समस्याहरुको बारेमा पनि पार्टीले जनतालाइ सुसुचित पार्ने काम गरेको छ ।
वडा नम्बर ६ का सबै गाउहरु चुनढुङ्गा उत्खननको नाममा पुरै खण्डहर र मरुभूमि जस्तो बनाइदैछ । त्यहाका जनताको आर्थिक अबस्था कमजोर छ । भोलि त्यहा नत बस्न सकिने छ न त्यसको उचित मूल्य मिल्ने छ । त्यहाका नागरिकहरु बाध्यताले भाग्न पर्ने र जीवन अलपत्र हुने अबस्था आउदैछ । यो विषयमा पनि पार्टीले सुसुचित गराउने काम गरेको छ ।