Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

अहिले जनता होइन, प्रधानमन्त्री तर्सिने समय हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्बाट प्राप्त विश्वासको मत गनेर ढुक्क नहुन आग्रह गरेको छ । सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले विश्वासको मत गनेर ढुक्क हुँदा मञ्च टाउकाले भरिने तर, जमिन शुन्य हुन सक्ने बताए । त्यसो हुँदा अहिले प्रधानमन्त्रीले जनतालाई तर्साउने नभई जनताबाट प्रधानमन्त्री तर्सिनु पर्ने बेला आएको बताए ।

उनले भने,‘मैले प्रधानमन्त्रीलाई पटक–पटक भन्ने गरेको छु।नागरिकलाई नतर्साउनुहोस् । कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुहोस् । भेटघाट बन्द गर्नुहोस् । एक पटक सोच्नुहोस् । आफूसँग भएको एक–एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुहोस् । कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हे¥यो भोट, दायाँ हे¥यो भोट । मसँग त १ सय ७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउकै–टाउकाले मञ्च भरिन्छ । तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’ उनले युवाहरू आत्तिएको र निराश अवस्थामा रहेको बताउँदै यसलाई चिर्न आवश्यक रहेको बताए ।

TOP