Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजु र मन्जुले साढे ८ करोड लिएको खुलासा !

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मन्जु खाण पनि यस प्रकरणमा मुछिएका छन् ।

उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबी सहितको अडियो सार्वजनिक भएको हो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मन्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ।

अडियोमा सरुवाबारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी सुनिन्छ। अडियोमा कुरा गर्ने दुवै व्यक्तिको पहिचान नभए पनि प्रसंग नक्कली भुटानी शरणार्थीको भएको प्रष्ट बुझिन्छ।

यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक अनि पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।

अन्य आठ जना हिरासतमा छन्। हिरासतमा रहेकामा खाणको पालामा गृह सचिव रहेका पाण्डेसम्म छन्।

TOP