Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

घुस र उपहार लिएर आउने चेष्टा नगर्न गृह मन्त्री श्रेष्ठ चेतावनी

काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले, आफुलाई उपहार तथा घुसको प्रलोभनमा पार्ने चेष्टा नर्गन चेतावनी दिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयबाट विदा भएर आजै गृह मन्त्रालयमा पदभार गरेका मन्त्री श्रेष्ठले मन्त्रालयका कर्मचारीसंग भने ‘म पाँचवटा क्याटागोरीको चिज खान्न, माछा मासु, रक्सी अक्लोहल खान्न, कोल्ड डिङ्क्स, चिया कफी, चिया खानु परे ग्रिन टि खान्छु अर्को, खैनी चुरोट तमाखु, पान सुपारी समेत खान्न पाँचवटा क्याटागोरीको चिज खान्न । तर मैले अहिले कामको शिलशिलामा चै अर्को चिज खान्न भन्नु पनि आवश्यक चिज छ म घुस खान्न र उपहार खान्न ।’ त्यस्तै उनले आफ्नो कामको शिलशिलामा ढिला सुस्ती नर्गन सबैलाई निर्देशन दिए । ‘अब नेपाली टाइम त हो भनेर अब छुट पाइदैन्’ उनले भने ‘यदी यति अवधिमा काम सक्ने भन्ने अनि काम गरेपनि हुने नगरेपनि हुने भन्ने कुरा अब सह्य हुन सक्दैन’ त्यस्तै पदिय दायित्वको दुरुपयोग नगर्न उनले चेतावनी दिए ।

TOP