टेक्ससमा निमा रुम्बा, परिजिता बास्तोला र द एक्स ब्याण्ड एउटै स्टेजमा उत्रदैं: फ्यानहरु उत्सहित

अमेरिकाको टेक्ससमा चर्चित गायक निमा रुम्बा, द भ्वाई अमेरिकाकी शिर्ष ८ प्रतिस्पर्धि परिचिता वास्तोला र द एक्स ब्याण्डले एकसाथ प्रस्तुती दिने भएका छन् । कल्चर मेजेस्टी र अमर क्षेत्री फउण्डेशनको प्रस्तुतीमा आयोजना आगामी फेबु्रअरी १० तारिक हुन लागेको सांगीतिक सांझमा गायक रुम्बा र गायिका वास्तोला र द एक्स ब्याण्ड सहितका अन्य कलाकारले एकसाथ प्रस्तुती दिने भएका हुन् ।

सांझ ८ बजेबाट सुरु हुने यस कन्सर्टमा बृहत सहभागिता रहने देखिन्छ । नेपाली सर्व वाहुल्य राज्य टेक्ससमा निमा रुम्बा र द एक्स व्याण्डका आ-आफ्नै फ्यानहरु रहेका छन् भने, यि दुवैका गीत मन पराउने पुस्ता पनि प्रसस्त छन् । उनिहरु टेक्सस आउने खबरले फ्यान फलोअर्सहरुमा उत्साह देखिएको छ ।

त्यस्तै विसाल देश अमेरिकाको विश्व चर्चित सिङ्गिङ रियालिटी शो द भ्वाईसको शिर्ष ८ प्रतिस्पर्धि परिजिता बास्तोलाका फ्यानहरु सबै उमेर र वर्गका भएकाले पनि यो कार्यक्रममा सहभागिता संख्या बढि हुने देखिन्छ । अडिसन राउण्डबाट नै विश्व चर्चामा आएकी बास्कोटाले भोटिगं रायण्डमा कम मतका कारण मात्र हार्नु परेकाले उनको प्रस्तुती हेर्न अमेरिकामा नै जन्मिएका र हुर्किएका नया पुस्ताको पनि सहभागिता यस कार्यक्रममा बढ्ने निश्चित देखिन्छ ।

साथै कार्यक्रमा स्थानिय कलाकार तथा व्याण्डहरुको समेत प्रस्तुती रहने यस कन्सर्टमा सहभागी हुन चाहनेहरुका लागि अनलाईन टिकट खुल्ला गरिएको छ ।

TOP