महान् सहित दशरथ चन्दको जन्मभूमि बैतडीमा रहेको पञ्चदेवल मन्दिर टुहुरो अवस्थामा
गुञ्जन भण्डारी ।
आध्यात्मिक, भौगोलिक, प्राकृतिक, ऐतिहासिक, प्राचिन, राजनितिक र भाषिक मौलिकताको आफ्नो वेग्लै पहिचान बोकेको सुदुरपश्चिम प्रदेशको बैतडी जिल्लाको देवलहाटमा अवस्थित पञ्चदेवल मन्दिर द्वापर युगको पहिचान बोकेको ऐतिहासिक मन्दिर हो । लिखित धार्मिक तस्तावेज अनुसार कुन्ति पुत्र पाण्डवका ५ देवलहरु रहेका छन् । पञ्च देवल भनिए पनि संगै आमा कुन्ति र पाण्डव पत्नी द्रौपतिको पनि देवल रहेको छ ।
अत्यन्त कलात्मक देवलहरु रहेको सो मन्दिर सहित सम्पूर्ण परिसर भिन्न देखिन्छ । मानव जीवनको ठुलो महत्व बोकेको आध्यात्मिक ४ काल मध्यको श्री कृष्णको अवतरण काल द्वापर युगको प्रत्यक्ष प्रमाणका रुपमा सदियौं देखि पञ्चदेवल मन्दिर धार्मिक र मानविय आस्थाका रुपमा रहँदै आएको छ ।
हाल दशरथ चन्द नगरपालिका वाड नं. ४ मा पर्ने यहाँका मुख्य मन्दिरहरु शिखर शैलीका रहेका छन् । अत्यन्त बलियो शैलिमा निर्माण गरिएको यस मन्दिर बलिया चट्टा मात्र जोडेर बनाईएको छ । प्राय ढुंगामा भिन्न भिन्न कला प्रयोग गरिएको छ, जसमा प्रयोग भएका कला अहिलेका आधुनिक घरमा भन्दा राम्रो प्रयोग देखिन्छ । शिलालेख ताम्रपत्र, लगायतका विभिन्न लिखित दस्तावेजमा प्रयोग भएका अक्षर कसैले पनि अहिले सम्म बुझ्न सकेको छैन । यसलाई हेर्दा यो मन्दिर द्वापर युग भन्दा पनि पुरानो हुन सक्ने या द्वापर युगमै पनि सो समय यस किशिमको भाषाको प्रयोग हुन सक्ने अनुमान गर्न सकिन्छ ।
बलिया चट्टानद्वारा कलात्मक रुपमा निर्मित यि देवलहरु तथा मन्दिर सहितको परिसरको भित्रि भाग समेत आश्चर्य जनक देखिन्छ । भित्रि भागको निर्माण कला अर्को अद्भुतता हो कि मन्दिरको भित्र कोठाहरु रहेका छन् । जहाँ हात हतियार, सो समयका धेरै भाडाकुँडा देखि धानका भुषहरु देख्न सकिन्छ । हेर्दा हालको यो मन्दिर सो कालको बलियो महल थियो । जहाँ युद्धको खतरा समेत रोक्न पूर्ण चट्टानको प्रयोग गरिएको छ । जहाँ गोली बारुद समेतले सजिलै यो भवनलाई असर गर्न सक्दैन । मन्दिर परिसरमा अन्य मठ मन्दिर पनि रहेका छन् ।
ठुलो महत्व बोकेर पनि यतिवेला पञ्च देवल मन्दिर भक्तहरुको नजर र स्नेह भन्दा पर देखिन्छ । मन्दिरको जिर्णोदार हुन नसक्दा ऐतिहासिक दस्तावेज मेटिने जोखिम बढ्दै गएको छ । सरकारले नै संरक्षण गर्नु पर्ने स्तरको यस मन्दिर सुदुर पश्चिमबासीले समेत संरक्षण गर्न नसक्दा चर्चा बाहिर रहेको छ ।
राजनितिक परिवर्तन संगै हालको दशरथ चन्द नगरपालिका वाड नं. ४ मा पर्ने यस मन्दिरलाई अहिले सम्म जोगाएर सम्म राख्ने काम स्थानियलेबासीले गरेका छन् । तर मन्दिरको अस्तित्व पूर्न स्थापनाका लागि लाग्ने आर्थिक लागत र प्रचार-प्रसारका संजाललागि केन्दिय तथा स्थानिय राजनितिकर्मी, विश्वभरका सुदुरपश्चिमेलीहरु र पर्यटन संवद्ध सबै सरोकारवालाहरुको ध्यान जानु जरुरी छ । यो त्यहि नगरपालिका हो जहाँ राणाकालिन दमनका विरुद्ध आवाज यठाएका दशरथ चन्द ठाकुरको जन्म भएको थियो । विर प्रजातान्त्रिक सहिद दशरथको सम्मानमा नगरपालिकाको नाय परिवर्तन भए पनि हिजोको समयमा बनेका एतिहासिक सम्पदा र व्यक्तीप्रति हामीले गर्व गर्ने धेरै ठाउ पनि बन्न सकेको छ ।
पञ्च देवल बैतडीबासी र सुदुरपश्चिमको मात्र चिनारी नभई सिङ्गो नेपाल र नेपालीको परिचय स्थापित गर्न सक्ने मन्दिर हो । जसको निर्माण शैली, स्थान, कला कौशल लगायतका महत्वपूर्ण पक्ष पृथक देखिन्छ । उचित प्रचार प्रसार र संरक्षण तथा प्रवद्धनका कारण पञ्चदेवल टुहुरो जस्तै बनेको छ । संरक्षण र प्रवद्धनका हिसावले ओझेलमा पर्दै गएको पञ्चदेवलको महत्वबारे कमसेकम स्थानिय र प्रादेशिक सरकार र देश विदेशमा रहेका सम्पूर्ण सुदुरपश्चिमेली एक हुनु आवश्यक छ । पञ्चदेवलका हकमा बैतडीबासी अझ धेरै गम्भिर बन्नु पर्ने देखिन्छ । देश भरका यि र यस्तै राष्ट्रिय गौरव बोकेका ईतिहासको खोजि र संरक्षण गर्न सके विश्व समुदायमा हामी र हाम्रो देशको परिचय विस्तार हुन सक्दछ ।