Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

फेरियो ट्वीटरको लोगो, अब निलो चराको ठाउँमा ‘एक्स’ !

ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ । ट्विटरका प्रमुख एलन मस्कले निलो चरालाई अंग्रेजी अक्षर ‘एक्स’ ले प्रतिस्थापन गरेका हुन् ।

उनले आफू चराबाट मुक्त हुन चाहेका थिए । त्यसलगत्तै सोमबार बिहान ट्विटरका कार्यकारी प्रमुख लिन्डा याकारिनोले नयाँ लोगो सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘एक्स इज हियर, लेट्स डु दिस ।’

मस्कले पनि आफ्नो प्रोफाइल पिक्चरमा नयाँ लोगो राखेका छन् र आफ्नो ट्विटर बायोमा ‘एक्स डट कम’ थपेका छन् । समाचारहरूमा जनाइएअनुसार उनी ‘एक्स’ नामको सुपर एप’ बनाउन चाहन्छन् ।

आफ्नो विजनेसको नाम फेरेर एक्स कर्प राखेका मस्कले यो परिवर्तन धेरै पहिला नै हुनुपर्ने बताएका छन् । ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरूको राम्रो रेस्पोन्स भने पाइरहेको छैन । धेरैले मस्क आएपछि ट्विटरमा जथाभावि परिवर्तन गरिरहेको भन्दै आलोचना गरेका छन् ।

TOP