Trending

मलेसियाविरुद्ध नेपाल सात विकेटले विजयी

नेपाली महिला क्रिकेट टिमले टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा घरेलु टिम मलेसियालाई पराजित गरेको छ ।मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको हो । ९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १७.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायाे । नेपालकी कप्तान रुविना क्षेत्रीले अविजित २९ रन बनाइन् ।

यसअघि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९७ रन बनाएको थियो । यसअघि पहिलो खेलमा नेपालले मलेसियासँग पाँच विकेटको हार ब्यहोरेको थियो । ५१ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । नेपालले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ५० रन बनाएको थियो ।

अब नेपालले मलेसियासँग जुन १ मा तेस्रो खेल खेल्ने तालिका रहेको छ । जुन ३ मा चौथो खेल खेल्ने नेपालले मलेसियाविरुद्ध पाँचौँ खेल जुन ४ मा खेलेर स्वदेश फर्किनेछ ।

TOP