भोलीबाट खुल्ने भए सबै सार्वजनिक यातायात: व्यवसायीहरु सरकारको निर्णय मान्न तयार
भोलीबाट सबै सार्वजनिक यातायात संचालनमा आउने भएका छन् । सरकारको निर्णय अनुसार सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन् ।
विभिन्न माग राख्दै यातायात संचालन नगर्ने अडानमा रहेका ब्यवसायिहरु अन्तत सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने भनि गरेको निर्णय अनुरुप नै भोलीबाट सवारी संचालन गर्ने तयारीमा देखिएका छन् ।
सरकारको निर्णयको केही दिन कुनै पनि सवारी साधन नचलेपनि काठमाडौमा मयुर, संयुक्त, बज्रबाराही, सुन्दर, साझा लगायतका केही यातायात संचालन भएपछि अडानमा बसेका ब्यवसायिहरुले आज व्यवस्था विभागमा भएको छलफलमा सवारी साधन सञ्चालनका लागि तयार भएका हुन् ।
यातायात व्यवस्था विभागका अनुसार सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु इातायात सञ्चालन गर्न तयार भएका हुन् ।
बिभागका अनुसार उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । यस अघि संचालनमा आएका सार्वजनिक यातायातमा यात्रुको चाप अत्यन्त न्युन देखिएको थियो । कुनै यातायातमा यात्रुहरुको संख्या राम्रै र कुनैका १ जना मात्र यात्रु बोकेर पनि उपत्यकामा ति यातायात संचालनमा आएका थिए ।