Trending

बारामा प्रहरी र गाँजा तस्कर विच झडप: प्रहरीको गोली लागि भारतिय तस्करको मृत्यु

बारा १२ फागुन:बारामा प्रहरी र गाँजा तस्कर विच झडप हुँदा भारतिय नागरिकको मृत्यु भएको छ । नेपालबाट ठुलो मात्रामा गाँजा भारत लगिदैं गरेको सुचनाका आधारमा पुगेको प्रहरी र तस्करविचको झडपमा प्रहरीको गोली लागेर एक भारतिय नगरिकको मृत्यु भएको हो ।

दर्जनको हाराहारीमा नेपाल आएका तस्करहरुले रातको समयमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाका आधारमा पुगेको प्रहरीसंग तस्करहरुको बाराको सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा झडप भएको थियो । प्रहरीमाथी तस्करले गोली चलाउन थालेपछि नियन्त्रणका क्रममा प्रहरीले पनि गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ ।

गोली लागेर घाइते उनको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जसको पहिचान भने खुल्न सकेको छैन ।

प्रहरीले अर्का एक तस्करलाई पनि पक्राउ गर्न सफल भएको छ । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्राका ४० वर्षीय हृदयेश गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

TOP