Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

बाइडेन र पुटिनबिच झण्डै १ घण्टा चर्काचर्की: रुसमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले एक अर्कालाई चेतावनी दिएका छन् । बिहिबार बाइडेन र राष्ट्रपति पुटिनले फोनवार्ता गरेर एक अर्कालाई चेतावनी दिएका हुन् ।

करिब ५० मिनेट लामो फोन वार्तामा युक्रेनको विषयमाथि कुराकानी भएको थियो । विवादित शैलीको यस फोनवार्तामा रुस र युक्रेनबीच शान्ति कायम हुनुपर्ने र यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा आफूहरु पछि नहट्ने र रुसमाथि कडा प्रतिबन्ध लगाउने भन्दै बाइडेनले पुटिनलाई चेतावनी दिएका थिए ।

यता पुटिनले पनि अमेरिका र अन्य पश्चिमा मुलुकहरुले आफूमाथि प्रतिबन्ध लगाएमा त्यसको परिणाम राम्रो नहुने भन्दै धम्कीपूर्ण चेतावनी दिएका थिए । (एजेन्सी)

TOP