Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य  दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्नामा सहभागी बसेका अधिकारकर्मी पक्राउ परेका छन् ।देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका ढोकामा कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको धर्ना कार्यक्रममा सहभागी भएका कृष्ण पहाडीसहित अधिकारकर्मीहरु चन्द्रमण्ीि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारी र नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

TOP