Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

महालेखा परीक्षकको ६० औं प्रतिवेदन : एक वर्षको बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड, कुल बेरूजु ५ खर्ब ८७ अर्ब

महालेखा परीक्षकको कार्यालयले आफ्नो ६०औँ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । महालेखाका अनुसार यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको ७१ खर्ब ३८ अर्ब १७ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।

सोबाट संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्व १९ अर्ब ७८ करोड बेरुजू कायम भएको छ। सोमध्ये ४ हजार ६८ संघीय सरकारी निकायको २३ खर्ब ५६ अर्ब ३४ करोड रुपैयाँ लेखापरीक्षणबाट ५६ अर्ब ३१ करोड अर्थात् २.३९ प्रतिशत बेरुजू देखिएको छ ।

प्रदेशतर्फ १ हजार २१८ कार्यालयको ३ ख १२ अर्ब ७३ करोडको लेखापरीबाट ७ अर्ब २० करोड अर्थात् २.३० प्रतिशत र स्थानीय तहतर्फ यस वर्षको ७४९ र बक्यौता २ समेत ७५१ को ११ खर्ब ४ अब १ करोडको लेखापरीक्षणबाट ४२ अर्ब ८ करोड अर्थात् ३ प्रतिशत बेरुजू देखिएको छ ।

समिति र अन्य संस्थातर्फ (संगठित संस्था ७५ समेत) ५०९ निकायको ३३ खर्ब ६५ अर्ब २ करोडको लेखापरीक्षण भएकोमा १३ अर्ब ३८ करोड बेरुजू कायम भएको छ। सोको अतिरिक्त ३२ संगठित संस्थाको लेखापरीक्षणको लागि उपलब्ध गराएबमोजिम रु।१३ सर्व ४१ ज ७६ करोडको लेखापरीक्षण भएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजू ४ खर्व ८३ अर्ब ६० करोड रहेकोमा समायोजन तथा फर्स्योट गरिएको घटाई यो वर्ष थप भएको समेत ५ खर्ब ८७ अर्ब ३४ करोड बेरुजू बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष २ अर्ब ६२ करोड त भएको छ। अधिक कारवाही गरी टुंगो लगाउनुपर्ने रकम गत वर्षसम्म ३ खर्ब ४५ अर्ब ५६ करोड रहेकोमा यो वर्ष २६ करोड थप भई ३ खर्व ७२ अर्ब ४५ करोड कायम भएको छ । अद्यावधिक बेरुजुमा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम थप गर्दा ५९ अर्ब ७९ करोड पुगेको छ ।

हेर्नुहाेस् सारांश प्रतिवेदन:

 

TOP