मुलुकको ३२ खर्ब ५५ व्यापारी र १० नेताको कब्जामाः दुर्गा प्रसाईँ
काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउमहाअभियान’ का संयोजकदुर्गा प्रसाईँले देशको ३२ खर्ब रुपैयाँ ५५ जनाव्यापारी र १० जना नेताहरुले मिलेर दुवई, सिङ्गापुर र अमेरिकामा लगेर राखेको आरोप लगाएका छन् । काटेश्वर स्थित पेरिस डाँडामा पत्रकार सम्मेलन मार्फत आन्दोलनका थप कार्याक्रम अघि सार्दै उनले बैंकहरुले देशको धन बिदेशी बैंकमा थुपार्ने तर, सामान्य व्यापारीसँग चर्को व्याज असुलेर यातनादिने गरेको बताए ।
उनले भने,‘देशको ३२ खर्ब रुपैयाँ ५५ व्यापारी र १० नेतामिलेर दुवइ, सिङ्गापुर र अमेरिकामा लगेर राखेका छन् । सहकारीको यातनाले व्यापारी आत्महत्या गर्ने चरणमा पुगेका छन् । यसलाई रोक लगाउनु पर्छ । ऋणको व्याज धेरै भयो । सहितरिकाले गरि खानादिनु पर्यो । ३२ खर्ब रुपैया देशको बैंकमा फिर्ता गर्नु पर्यो ।’
पत्रकार सम्मेलनमा उनले राष्ट्रवादी शक्ति एकै ठाँउमा एकताबद्ध भएर आर्थिक क्रान्ति सुरुवात गर्नु पर्ने बताए । आन्दोलनमा सानाव्यापारी बाट सहयोग भएको तर, स्वार्थका कारण ठुला व्यपारिक घरानाबाट सहयोग नभएको उनको भनाई छ । उनले यसअघि सञ्चालन गरिएको आन्दोलनका कार्याक्रम सफलभएको दाबी गर्दै आगामी कार्यक्रम अझ प्रभावकारी हुने बताए ।
यस्ता छन् प्रसाईले अघि सारेका माग
– सेतो हात्तीसरह संघीयताको खारेजहुनु पर्ने । सबै धर्मलाई सम्मानगर्दै वैदिक सनातन राष्ट्र कायमहुनु पर्ने ।
– वर्तमान संविधान संशोधनगरि ०४७ सालको संविधानलागू गरिनुपर्ने ।
– बैंक, लघुवित्त सहकारी र विमा कंम्पनी तुरुन्तै राष्ट्रियकरण गरिनु पर्ने ।
– २० लाख रुपैयाँ भन्दा कम ऋण मिनाह गरिनु पर्ने ।
– बैंकको व्याज६% प्रतिशत काम हुनु पर्ने
– २० लाख भन्दा माथिको ऋण ४% देखी ५% प्रतिशत व्याजदरमा दिनु पर्ने
– युवाका निम्ति नेपालमै रोजगार सिर्जना गरिनु पर्ने ।
– बैंक तथा वित्तिय संस्थाले पत्रपत्रिकामा ३५ दिने सुचना निकाल्ने काम बन्दगर्नु पर्ने ।
– ऋणीलाई ऋण तिर्न पाँच वर्षको अवधि थप गरिनु पर्ने ।
– निजामति कर्मचारी तल्लो तहका सुरक्षाकर्मीको तलव एक लाख ५० हजार कामय गरिनु पर्ने ।