Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

प्रदेशसभामा पनि कांग्रेसले खाेल्याे खाता : मुस्ताङ- १ मा नाम्डु गुरुङ विजयी

प्रतिनिधि सभा तर्फको पहिलो मत परिणाम सार्वजनिक भएको हिमाली जिल्ला मुस्ताङमा प्रदेश सभा तर्फ पनि मत परिणाम सार्वजनिक भएको छ ।आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेस विजयी भएको मुस्ताङ १ मा नाम्डु गुरुङमा पनि नेपाली कांग्रेसका उमेद्वारले नै विजय हासिल गरेका हुन् ।

मुस्ताङको प्रदेशसभा १ मा नाम्डु गुरुङमा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । एमालेका पुर्व प्रदेशसभा सदस्य इन्द्रधारा ड्याडु विष्टलाई पछि पार्दै १ हजार ४८ मत सहित कांग्रेसका नाम्डु गुरुङ प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।   १ हजार ८ सय ५५ मत खसेको मुस्ताङको प्रदेशसभा १ (क) मा १४ मत बदर भएको थियो ।

मुस्ताङमा प्रतिनिधि सभा समदस्य पदमा नेपाली काँग्रेसका योगेश गौचन विजयी भएका छन । एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार गौचन ३ हजार ९ सय ९२ मत ल्याएर विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका एमालेका उम्मेदवार प्रेम तुलाचनलाई ९ सय १४ मतले पछि पार्दै २९ बर्षिय गौचन बिजयी भएका हुन् । पराजित तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

 

TOP