Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

चितवन कांग्रेसको सभापतिमा संस्थापन इतरका खनाल सर्वसम्मत

चितवन, २१ फागून – नेपाली कांग्रेस चितवनको सभापतिमा संस्थापन इतरका राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन् । १४ औँ जिल्ला अधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान हुनुअघि नै खनाल सर्वसम्मत सभापति चयन भएका हुन् ।

दोस्रो चरणको मतदानमा खनाललाई सभापतिका अर्का उम्मेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए । त्यसपछि बाँकी उम्मेदवार मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाले पनि सभापतिमा खनाललाई नै समर्थन गरेको जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो । पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६, मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।

मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार संस्थापन इतरका हुन् । सभापतिमा खनाल सर्वसम्मत भएपछि बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समिति संयोजक अधिकारीले बताए ।

TOP