Trending
युएस खबर संवाददातायुनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ)को नेतृत्वमा मास्टर गोर्खाली युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा एसपीपी सम्झौता गर्दिन भनेका छन् – माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी बैठकमा (एसपीपी) को बिषयमा ब्रिफिङ गरेका छन् । अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमणमा बेला स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने बताएको जानकारी गराएका छन् ।

मंगलबारदेखि स्थानीय तहको चुनावी समीक्षा गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा बसेको छ । छलफलको क्रममा नेता बलराम बास्कोटाले ‘एसपीपीले नेपालको राजनीतिलाई दुरगामी असर पर्ने र यसमा हस्ताक्षर गर्न नहुने’ भन्दै छलफलको प्रस्ताव राखेका थिए । पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले एसपीपीको करिब १५ मिनेट व्याख्या गर्दै यसमा फेरि फस्न नहुने बताएका थिए । ‘यो फेरि फस्ने कुरा हो, यसमा फस्न हुँदैन,’ खनालले बैठकमा भने ।

बैठकमा जवाफ दिदै अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले ‘अहिले सम्झौता गर्दिनँ, अमेरिका भ्रमणका बेला त्यो सम्झौता हुँदैन’ भनेको सुनाएका छन् । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार एसपीपी सम्झौताबारे भोलिको स्थायी समिति बैठकपछि पार्टीको औपचारिक धारणा तय हुनेछ ।

TOP