Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

लुम्बिनी प्रदेसमा धमाधम पाँचतारे होटल खुल्दै

भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगञ्जमा फैलिएको क्यासिनो कल्चरका कारण पछिल्लो समय लुम्बिनी प्रदेशले समेत आफूलाई लगानी योग्य प्रदेशका रुपमा स्थापित गराइरहेको छ । तथ्यांक अनुसार लुम्बिनीमा तारे होटलको संख्या १६ पुगिसकेको छ । यसमध्ये अधिकांश होटल पछिल्लो केही वर्षयता मात्र खुलेका हुन् । लुम्बिनीमा थप स्तरीय होटल निर्माणका क्रममा समेत रहेका छन् । यसले केही वर्ष भित्रै लुम्बिनी आतिथ्य सेवाको हब बन्ने देखिन्छ । तारे होटलमा भएको लगानीका दृष्टिकोणबाट मधेश प्रदेश चौथो स्थानमा छ ।

यहाँ कुल ७ वटा तारे होटल खुलेका छन् । यसमा औद्योगिक क्षेत्रका सिमरा र वीरगञ्जको ठूलो भूमिका छ । पाँचौ स्थानमा प्रदेश नम्बर १ रहेको छ । जहाँ तारे होटलको संख्या मात्र ५ वटा छन् । जसमध्ये झापामा अघिल्लो वर्ष खुलेको एक पाँचतारे होटल समेत समावेश छ । छैठौं स्थानमा सुदूरपश्चिम प्रदेश छ । जहाँ तीन वटा तारे होटल खुलेका छन् । पाँचतारे होटलमा पछिल्लो समय लुम्बिनीमा लगानी केन्द्रित भएको देखिन्छ । लुम्बिनीमा पाँचतारे होटलको संख्या तीन पुगेको छ । जुन गण्डकी प्रदेश भन्दा धेरै हो ।

कुन प्रदेशमा कति तारे होटल ?

प्रदेश एक तारे दुई तारे तीन तारे चार तारे पाँच तारे कुल १ १ १ २ – १ ५ मधेश २ ३ १ १ ७ बागमती २४ २७ २४ ६ १० ९१ गण्डकी २ ८ २ ४ २ १८ लुम्बिनी ३ २ ४ ४ ३ १६ कर्णाली – – – – – – सुदूरपश्चिम २ – – १ – ३ कुल ३४ ४१ ३३ १६ १६ १४० बागमतीका तारे होटलमा १० हजार पाहुना राख्न सक्ने क्षमता होटल संख्यासँगै होटलका कोठा र बेडमा समेत बागमती प्रदेश सबैभन्दा समृद्ध छ । बागमतीले एकै दिन करिब १० हजार पाहुनालाई तारे स्तरका होटलमा सेवा दिन सक्छन् । यो तारे होटलको मात्र क्षमता हो । यसबाहेक पर्यटक स्तरीय होटलको संख्या समेत बागमतीमा धेरै छ । बागमतीमा तारे होटलमा कुल ५८५६ वटा कोठा रहेका छन् । जसमध्ये पाँचतारे होटलका कोठाको संख्या मात्र १९७४ वटा रहेको छ ।

बागमतीले एक दिनमा पाँचतारे होटलमा ३ हजार पाहुनालाई सेवा दिन सक्छ । गण्डकी प्रदेशमा तारे होटलमा कुल १०५२ वटा कोठा छन् । जसले एक रातमा १८२६ जनालाई राख्न सक्छ । लुम्बिनी प्रदेशमा कुल ८१५ वटा कोठा तारे होटलमा छन् । यी कोटामा १२८७ जनाले एकै पटक सेवा लिन सक्छन् ।

TOP