Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

युक्रेनको पक्षमा अमेरिकी राष्ट्रपति बाईडेनले जी–७ संग भेटवार्ता गर्दै : विश्व संचार माध्यमको चासो

काठमाडौं, १० फागुन:अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथी रुसको सैन्य कारवाहीको घोषणाप्रति निन्दा व्यक्त गरेका छन् । युक्रेन आक्रमणको रुसी निर्णय उत्तेजना र अनुचित आक्रमण भएको भन्दै राष्ट्रपति बाइडेनले बिरोध सहित निन्दा व्यक्त गरेका हुन् ।

बाइडेनले योजना नै बनाएर कुनै देशमा आक्रमण गरिनु अत्यन्त निन्दनिय भएको बताउँदै यसबाट युक्रेनी नागरिकमा उत्पन्न मानसिक र भौतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

सारा संसार युक्रेनको पक्षमा रहँदा समेत रुस मनपरी ढंगले युद्धका लागि उद्यत देखिनु विश्व राजनितीकै निम्ती लज्जास्पद भएको भन्दै बाईडेनले यस अमानविय निर्णय नरोके रुसले ठुलो क्षती बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगी र साझेदारहरूले एकजुट र निर्णायक ढङ्गले जवाफ दिने पनि बाइडेनको टिप्पणी छ। मृत्यु र विनाश निम्त्याउने शैलीको यस आक्रमण लागि रुस मात्र जिम्मेवार रहेको विश्वास सहित बाईडेनले भोली विहान जी–७ समकक्षीहरूसंग यस बिषयमा भेटवार्ता गर्ने साथै संयुक्त राज्य अमेरिका र सहयोगी तथा साझेदारहरूको एकेवद्धता सहितको निर्णायक जवाफ रुसलाई दिने पनि बताएका छन् ।

विश्व चासोको विषय बनेको यस घटनामाथी आज संसारभरका संचार माध्यमबाट सुचना संप्रेषण भै रहेको छ । नेपाल सरकारले समेत युद्ध रोक्न आह्वान गरेको यस विषयलाई भारतिय संचार माध्यमले पनि शिर्ष स्थानमा राखेर कभरेज गरिरहेका छन् । (एजेन्सी)

TOP