Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

राप्रपाबाट अलग भएपछि प्रदेश १ को भ्रमणमा निस्किए कमल थापा 

काठमाडौं, २८ माघ:राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने भएका छन् । सो क्रममा उनीहरूबाट थापाले राय सुझाव लिने उनीनिकट नेता राजाराम बर्तौलाले जानाकारी दिए ।

प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्नेछन् । राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि राष्ट्रसेवकहरूलाई दर्ता गर्न लागेको पार्टीमा समाहित गर्ने उनको चाहना छ ।

महाराजगन्जको एउटा होटलमा बिहीबार थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाए लगत्तै थापा राय सुझावका लागि भन्दै प्रदेशस्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन् ।

मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए । उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रसँग थियो ।
पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनुपरेको थापाको गम्भीर आरोप छ । यससँगै संवैधानिक राजसंस्थाको एजेण्डाबाट थापा पछाडि हटेका छन् । तर, पूर्ववत् हिन्दुत्वको एजेण्डालाई भने अंगिकार गर्ने भएका छन् ।

TOP