नयाँपुराना कला तथा संगीतकर्मीसंगको सहकार्य: किरण कणेलका ४ गीतको भिडियो एकसाथ सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रका बिबिध विधामा कुशल संगीतकर्मीको छवि बनाएका किरण कणेलद्वारा संगीतवद्ध ४ वटा गीतको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ । मान्छे, साह्रै पर्यो, तिमी विना र गालाको तिलैमा बोलका गीतहरु भिडियो सहित मंगलबाट काठमाडौंको सिटी सेन्टर स्थित विगसिनेमा हलमा एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको हो ।
बरिष्ठ गीतकार तथा साहित्यकार काली प्रसाद रिजाल र नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन तथा बरिष्ट अभिनेता क्याप्टेन विजय लामाको प्रमुख आतित्थ्यतामा सम्पन्न गीतिकृति लोकार्पण समारोहमा केन्द्रमा रहेको गीत थियो ‘मान्छे’ । मानविय संवेदना र जीवन दर्शनको भाव अभिब्यक्त यस गीतका गीतकार काली प्रसाद रिजाल हुन् । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् , केहि मिठो बात गर, माया गर्नेको चोखो माया पनि, वनै खायो डँढेलोले , आँखा छोपी नरोउ भनी लगायतका कयौं कालजयि गीतका गीतकार रिजालको यस गीतपनि उनका पुराना गीत जस्तै गहिराई र मिठासपूर्ण बनेको छ । यस गीत माथी निर्माण भएको भिडियो केन्द्रिय भूमिकामा क्याप्टेन तथा लोकप्रिय अभिनेता बिजय लामाको अभिनय रहेको छ भने उनि संगै धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र मनोज ओलीको अभिनय रहेको छ ।
यस गीतका संगीतकार किरण कणेल स्वयंको संगीत संयोजन रहेको यस गीतमा रमेश कणेलको स्वर रहेको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोलाई राम कुमार केसीले छायांकन र दिन्शन शाहको सम्पादन रहेको छ ।
‘मान्छे’ गीतले अग्रज र अनुज संगीत तथा कलाकर्मीलाई जोड्ने काम पनि गरेको छ । गीतको अडियो भिडियो दुवैमा नयाँ र पुराना दुवै पुस्ताका कलाकर्मीको सहकार्य देखिन्छ । संचारकर्मी सरोज कोईरालाले संचालन गरेको कार्यक्रममा नेपाली साहित्य, संगीत र कला क्षेत्रसंवद्ध ब्यक्तीहरु तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।
त्यस्तै आज लोकार्पण भएका अन्य ३ गीतहरुमा संगीत तथा संगीत संयोजन किरण कणेलको नै रहेको छ । जसमध्य ‘तिमी बिना ‘बोलको गीतमा गायिका बानिका प्रधानको स्वर रहेको जसलाई बिनिता उप्रेती खनालले रचना गरेकी हुन् ।
यस गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । गायिका प्रधान र संगीतकार कणेंललाई नै प्रस्तुत गरिएको भिडियोलाई उत्सव दाहालले छायांकन तथा बिकास दाहालले सम्पादन गरेका हुन् । गीतमा प्रेमको गहिराईले जन्माएको आभाषलाई प्रतिविम्वित गरेको छ ।
आज लोकार्पित अर्को गीत ;साह्रै पर्यो;मा पनि गायिका प्रधानको नै आवाज र अभिनय रहेको छ । जसमा संगीतकार कणेल पनि अभिनयमा दोहोरिएका छन् । संचारकर्मी तथा निर्देशक आचार्यद्वारा नै निर्देशित यस गीतमा गहिरो प्रेम पछिको वियोगलाई भावुक शैलिमा प्रस्तुत गरिएको छ ।
आज लोकार्पण भएका मध्य रोमान्टिक र डान्सिगं विटको गीत हो ‘गालाको तिलैमा’ । कल्पना सुवेदीको शब्द रहेको गीतमा गालाको तिलकोठीलाई शिर्ष शब्द छनौट गरिएको छ । मेलिना राई र प्रताप दासको स्वर रहेको यस गीतमाथी निर्माण भएको भिडियोलाई निशान खड्काले निर्देशन गरेका हुन् भने भिडियोमा आकाश श्रेष्ठ, नायिका पुजा शर्मा, कमल शिंह र सृजना केसीको लगायत कलाकारको अभिनय रहेको छ ।
बैबाहिक माहौललाई पृष्ठभूमी बनाएर ग्रामिण मौलिकतामा नयाँ पुस्ताको मनोभाव फ्युजन यस भिडियोलाई बुद्ध थापाले छयांकन तथा विकाश धमलाले सम्पादन गरेका हुन् ।