सर्वत्र चर्चामा रहेका अमेरिकी राष्ट्रपति बाइडेन बिरुद्ध टेक्सस राज्यमा मुद्धा दर्ताको घोषणा
सर्वत्र प्रशंसा र चर्चा बटुलेका नव निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन बिरुद्ध टेक्सस राज्यमा भने मुद्धा दर्ता गर्ने तयारी भएको छ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर अमेरिकाको ४६ औ राष्ट्रपति निर्वाचित बाइडेनले जारी गरेको नयाँ कार्यकारी आदेश बिरुद्ध टेक्सस राज्यबाट मुद्धा दायर गर्ने घोषणा गरिएको हो ।
राष्ट्रपति बाइडेनले जारी गरेको नयाँ कार्यकारी आदेश बिरुद्ध बाइडेन प्रशासनलाई मुद्धा दायर गर्ने घोषणा भएसंगै लामो समय अमेरिकी राजनितीमा खर्चेका राष्ट्रपति बाइडेन प्रसाशन बिरुद्ध मुद्धा दायर जस्तो प्रतक्ष्य बिरोध गर्ने टेक्सस पहिरो राज्य बनेको छ ।
गत शुक्रवार टेक्ससका रिपब्लिकनका महान्यायधिवक्ता केन पाक्सटनले बाइडेन प्रशासनलाई अर्को १०० दिनको लागि देश निकाला कार्यक्रमलाई रोकेको कारण मुद्धा दायर गर्ने निर्णय भएको कुरा सार्वजनिक गरेका थिए ।
उनका अनुसार टेक्सस राज्यले देशको दक्षिणी सिमानाको सब भन्दा ठूलो खण्डको रक्षा गर्दै आएकोले कानूनको उचित कार्यान्वयन गर्न असफल भएमा प्रत्यक्ष र तुरून्त हाम्रो नागरिक र कानून प्रवर्तन कर्मीहरूलाई खतरामा पर्ने हुँदा राष्ट्रपति बाइडेनले लगाएको १०० दिने देश निकाला निषेधलाई उल्ट्याएर नोभेम्बर अघि संयुक्त राज्य अमेरिका प्रवेश गरेका प्रायः आप्रवासीहरूलाई हटाउन रोक्छ र राष्ट्रिय सुरक्षा खतरामा पर्ने भएकाले उनको यो आदेश टेक्ससलाई मान्य हुनेछैन ।
महान्यायधिवक्ता प्याक्सटनले यस अघि पनि बाइडेनलाई राष्ट्रपति हुन् नदिन मुद्धा दायर गरेका थिए तर टेक्सस अदालतले यो मुद्धा अस्विकार गरेको थियो ।
टेक्सस रिपब्लिकनहरुको बाहुल्यता भएको राज्य हो । सन् २०१६ मा पनि पूर्व राष्ट्रपति बाराक ओबामा राष्ट्रपति हुँदा उनका उत्तराधिकारी र तत्कालिन टेक्ससका गभर्नरले यसै गरि मुद्धा हालेका थिए । (एजेन्सी)