Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

बुद्ध जयन्तीः गौतम बुद्धले दिन खोजेको सन्देश

आजभन्दा २५ सय बर्ष अघि हालको लुम्विनी प्रदेश रुपन्देही जिल्लामा एउटा महान चिन्तकको जन्म भयो । ति महान चिन्तक राजघरानामा जन्मेका वालक सिद्धार्थ गौतम थिए जो आज विश्वव्यापी रुपमा गौतमवुद्धका नामले परिचित छन् । जीवनमा सकरात्मक सोंचको विकास र शान्त सभ्यताका लागि उनको प्रयास आजसम्म अमर र अनुकरणिय छ । विगत २५ सय बर्षदेखि जुन दर्शनले शान्तिपूर्ण सभ्यताका लागि विश्वव्यापी रुपमा आफ्नो आवाज वुलन्द बनाएको छ त्यो वौद्ध दर्शन हो ।

आफ्नो सुरुवाती चरणमा गौतमवुद्धको सोंच एक दार्शनिक प्रस्थान थियो । जुन कालान्तरमा दर्शनबाट धार्मिक आस्थामा रुपान्तरण हुँदै गयो र हजारौं लाखौं मानिसहरु त्यसमा आवद्ध हुँदै गए । वुद्धको करुणामा आधारित वौद्ध दर्शनका उपदेशमा सत्यलाई दुई भागमा विभाजित गरिएको छ, एउटा पारमार्थिक र अर्को सांवृतिक । पारमार्थिक सत्य नै शुन्य हो र सांवृतिक सत्य नै संसारको सत्य हो भन्दै वौद्ध र्दशनले सांवृतिक सत्यलाई क्षणभंगुर र पारमार्थिक सत्यको साक्षात्कारले नै मोक्षको बाटो तय गर्ने निष्कर्ष निकालेको छ ।

वौद्ध दर्शनले आफ्ना अनुयायीहरुलाई कठोरतापूर्वक पञ्चशिलको पालना गर्न प्रेरणा दिएको छ । हिंसा नगर्नु , चोरी नगर्नु , व्यभिचार नगर्नु, झुटो नबोल्नु र कुलत वा नशामा नरहनु पञ्चशिल हो । इशाको कैयौं शताव्दी पहिले नै वुद्धले नर्क कुनै स्थान नभएको त्यो कर्मका आधारमा चित्रित गरिने विम्वको द्योतक भएको स्पष्ट पारेका थिए । बोधिवृक्षको नजिकै वुद्धले ज्ञान प्राप्त गरेका थिए भन्ने वौद्ध अनुयायीहरुको मान्यता छ । बोधिवृक्ष संसारको सबैभन्दा प्राचिन र ऐतिहासिक वृक्ष मानिन्छ । नेपालको पहाडि इलाकामा पाइने शदियौं पुराना पिपलका रुखहरु त्यहि वोधिवृक्षको एउटा शाखा वा प्रजातीभित्र पर्छन भन्ने गरिन्छ ।

जसरी पिपलमा पाइने अत्याधिक अक्सिजनले मानिसलाई शान्तपूर्वक चिन्तन मनन गर्न सहयोग पुर्याउँछ सायद वोधिवृक्षसंग अक्सिजनको मात्रा पिपलभन्दा अधिक भएकै कारण त्यतिवेलाका तपस्विहरुले त्यसलाई चुनेका हुनसक्छन् । व्यक्तिगत आत्मा र परमात्माको अस्तित्वलाई अस्विकार गरेका वुद्धले तत्कालिन समयमा वेद र ब्राह्मणको धार्मिक र साँस्कृतिक सत्तालाई पनि स्विकार गरेनन् । भारतबर्षमा समय यसरी बदलियो कि विस्तारै वुद्धलाई नै विष्णुको अवतारका रुपमा प्रचारित गरियो र दशौं शताव्दीसम्म आइपुग्दा भारतीय उपमहाद्धिपमा वुद्ध विष्णुको अवतार भएको कुरा पूर्ण रुपमा स्थापित गरियो ।

कहिले विष्णुको अवतार र कहिले शिव अनुयायी र नाथ सम्प्रदायको सत्ताको अंगका रुपमा यसलाई परिभाषित गरियो । नेपालमा नाथ वर्चस्व कालिन समयमा यसलाई पशुपतिनाथ,मच्छिन्द्रनाथ र वौद्धनाथ भन्दै शिव अनुयायीको कोटिमा राख्ने कोशिस गरियो । वास्तवमा हिन्दु कट्टरताको चपेटामा यसले भारतीय उपमहाद्धिपमा फल्ने फुल्ने अवसर प्राप्त गर्न सकेन । हिमालयपर्वतमालाको फेदि समथर भु भागबाट सुरु भएको वौद्ध दर्शन जति धार्मिक आस्थामा रुपान्तरित हुँदै गयो त्यति उत्तरपूर्व बढ्दै गयो ।

त्यसैको परिणाम आज वौद्ध धर्म भारतीय उपमहाद्धिप भन्दा चीन,जापान,मंगोलिया, थाइल्याण्ड, सिंगापुर,भियतनाम, कम्वोडिया लगायत पूर्वी एशियाली देशहरुमा आकर्षणको केन्द्रमा छ । दर्शनबाट धार्मिक यात्रामा ल्याइएपछि वौद्ध धर्म घोषणा गरियो र त्यसका चार ओटा तिर्थस्थलहरु तय गरियो पहिलो जन्मस्थल लुम्विनी, दोस्रो बोधगया,तेस्रो सारनाथ र चौथो कुशिनारा (कुशीनगर) हरु छन् तिनीहरुलाई जन्मस्थल,संवोधिस्थल,धर्मचक्र प्रवर्तनस्थल र निर्वाणस्थलका रुपमा विभाजित गरिएको छ । यद्यपि वुद्ध दर्शन,धर्म वा परम्परालाई भारतीय उपमहाद्धिपमा साझा सँस्कृतिको प्रतिकका रुपमा हेर्ने गरिन्छ ।

TOP