Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

संसदीय, कार्य सम्पादन र अनुशासन समिति अविलम्ब गठन गर्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न निर्देशन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले विभिन्न तहमा संसदीय, कार्यसम्पादन र अनुशासन समिति अविलम्ब गठन गर्न निर्देशन दिएको हो ।

पार्टी उपसभापति एवं समिति संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहिवार बसेको समितिको बैठकले आवश्यक जिम्मेवारी बाँडफाँट गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको छ ।

समिति सदस्य डा प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला र जीवन रानाले आआफ्नो धारणा राखेको बैठकले सम्पूर्ण समय क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

TOP