Trending

इशा कार्कीले जित्न सफल भईन सर्वोत्कृष्ट गायिका डायस्पोराको अवार्ड

काठमाडौँ : भर्खरै राजधानीमा सम्पन्न नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ मा सर्वोत्कृष्ट गायिका डायस्पोरा बाट इशा कार्कीले अवार्ड चुम्न सफल भएकी छिन। सुमधुर आवाजकी धनि इशा कार्कीको “दिलको ड्राइभर” गित बाट उनले अवार्ड जित्न सफल भएकी हुन्।

अमेरिकामा बसेर नेपाली गित संगीत, कला साहित्य तथा नेपाली संस्कृतिको जगेर्ना गर्दै नेपाली गित संगीतलाई नयाँ आयाम थप्न सफल गायिका इशा कार्की पछिल्लो समय चर्चामा रहेकी छिन। प्रबास बसेर नेपाली सांगीतिक क्षेत्रलाइ पुर्याएको योगदान तथा मिठो आवाजले लाँखौ संगीतप्रेमी नेपालीहरुको मन मुटुमा बस्न सफल सुन्दरी गायिका इशा कार्कीको अतुलनिय योगदान रहेको छ।

अवार्डमा आफु उपस्थित हुन नसके पनि आफ्नो गितले डायस्पोरा बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकोमा गायिका इशा कार्की खुसि ब्यक्त गर्दछिन।

TOP