Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

ओलीको कदम विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

प्रधानमन्त्री ओलीले प्रतिनिधी साभा बिघटन गरेपछि बिरोधमा उत्रिएको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक  सुरु भएको छ । पुस ५ गते प्रतिनिधि सभाको विघटनपछि ओलीबाट अलग भएको प्रचण्ड–नेपाल समूहले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो ।

प्रतिनिधि सभाको विघटन नेपाल र नेपालीको लागि अत्यन्तै दुखद खएको बताउँदै केही दिन यता बिरोध प्रदर्शन गरिरहेको समुहले शुक्रबार काठमाडौंमा भएको बृहत प्रदर्शनको समिक्षा पनि गर्ने बताईएको यस बैठकमा  समसामयिक राजनीतिक विषय, प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम बारे छलफल हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि राखिएको यस बैठकले ओलीलाई कारबाही गर्ने निर्णय पनि गर्न सक्ने आशंका गरिएको छ । गत माघ २ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

TOP