Trending

चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु

चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो ।

इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको हो । बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको आरोप लगाएका थिए। त्यस्तै सिडिओ पौडेल मतगणनास्थलमा आउन नहुने भनेका थिए ।

सिडिओले पनि सहमति जनाएपछि मतगणना गर्ने सहमति गरेको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

 

TOP