राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिदै
काठमाडौं । आगामि २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदैछ । उम्मेद्वारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन०मा मनोनयन दर्तास्थल तोकिएको छ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिदै छ ।
राष्ट्रपति निर्वाचनसँगै नयाँ सत्ता गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका हुन् । गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवारको टुंगो भने लगाइसकेको छैन । कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौंला राष्ट्रपतिका प्रमुख दावेदार हुन् भने एमालेले कसलाइृ उठाउने टूंगो लगाएको छैन ।