Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिकामा बन्दुक आतंक : गोली लागेर ज्यान गुमाएका १४ वालबालिकाप्रति हार्दिक श्रद्धासुमन

टेक्ससको युभाल्ड़ी स्थित Robb Elementary प्राथमिक बिद्यालयका गोली लागेर ज्यान गुमाएका १४ वालबालिकाप्रति हार्दिक श्रद्धासुमन

टेक्ससको युभाल्ड़ीमा रहेको प्राथमिक बिद्यालयमा १८ बर्षिय किशोरले चलाएको गोलीले १४ स-सना बालबालिका सहित शिक्षकको ज्यान गएको घटनाले अमेरिकामा बन्दुक आतंक र त्रासदी कति भयावह छ भन्ने पुन: एक पटक देखाएको छ ।

२ देखी ४ कक्षा संचालन हुने भनिएको सो विद्यालमा मारिएका सबै बालकालिकाको उमेर सम्झँदा, अविभावकले कसरी मन थामेका होलान् जस्तै महशुष पनि भै रहेछ । गोली चलाउने किशोर पनि मारिएछन् । उनलाई सहि संस्कार मिल्न सकेको भए, यो घटना घट्ने नै थिएन ।

हामी नेपाली समाजका पनि धेरै बालबालिका बिद्यालय जान्छन्, उनिहरु विद्यालयमा समेत असुरक्षित हुँदा रहेछन् भन्ने दृश्य यस घटनाले देखाएको छ । यति सानो केटाको हातमा पेस्तोल र गोली सजिलै आउँछ भने अपराधिका लागि त पेस्तोल खरिद सामान्य हुने नै भयो । यसको मारमा स्टोर, ग्याँस स्टेसन लगायमा काम गर्ने हामी नेपाली पनि पर्ने गरेका छौं, कतिको त ज्यान समेत गएका अप्रिय घटना हामीसंग छन् ।

बन्दुक आतंक सम्बन्धि यति फितलो कानुन बन्नु हुन्न भन्ने पाठ फेरी सिकाएको छ यस घटनाले । यस घटनाका अविभावककै उमेरका हामी धेरै नेपाली टेक्ससमा छौं, अमेरिका लगायत धेरै देशका हामी र हाम्रा बालबालिकाको सुरक्षाका लागि पेस्तोल खरिद बिक्रीको कानुन बलियो हुनुपर्दछ, जसका कारण पटक-पटक यि र यस्तै घटना दोहोरिरहने श्रृंखला न्यूनिकरण मात्र होईन बन्द नै गर्न सकिन्छ । यति मात्र हो, यसतर्फ अमेरिकी सरकारको ध्यान जानु पर्यो ।

यस घटनामा ज्यान गुमाएका सबै बालबालिका र शिक्षकमा हार्दिक श्रद्धाञ्जली र चिर शान्तिको कामना ।

सन्देश उप्रेती
महासचिव
नेपाली समाज टेक्सस

Photo Credit : Google

TOP