Trending

२ महिना देखी मस्तिष्क रक्तस्रावसंग संघर्ष गरिरहेकी भर्जिनियाकी संगीता ढुंगानाको निधन

मस्तिष्क रक्तस्रावका कारण गम्भिर अवस्थामा अस्पताल भर्ना भएकी भर्जिनियाकी नेपाली महिला संगीता ढुंगानाको निधन भएको छ । मस्तिष्क रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएकी ढुंगानाको शल्यक्रिया गर्ने क्रममा रक्त श्राब नरोकिएको कारण निधन भएको हो ।

भर्जिनियाको स्टर्लिंग शहर निवासी ढुंगानालाई मस्तिष्क रक्तश्राबको समस्या देखिएपछि गत नोभेम्बर ७ मा नै अस्पताल भर्ना गरिएको थियो । दुई महिनाको अवधीमा ४ पटक शल्यक्रिया भएको थियो । अत्यन्त गम्भिर शल्यक्रिया पटक पटक गर्नुपर्दा परिवारले आफुसंग भएको सबै रकम उपचारमा लगाएको थियो ।

नेपालको मोरंग उर्लाबारीकी स्थायि बासिन्दा ढुंगाना श्रीमान र छोरा छोरी सहित भर्जिनियामा बसोबास गर्दै आएकी थिईन् । ढुंगानाको निधनप्रति दुख व्यक्त गर्दै नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)का अध्यक्ष गुणराज लुइँटेलले सामाजिक संजालमा दिएको जानकारी अनुसार ढुंगाना आफ्नै घरको भान्सामा लडेपछि अस्पताल लगिएको थियो र चिकित्सकले उनलाई मस्तिष्क रक्तश्राबको समस्या भएको बताउँदै पटक पटक शल्यक्रिया गर्दै आएको थियो तर उनको उपचार सफल हुन सकेन ।

स्व ढुंगानाको उपचार खर्चको कठिनाई देखिन थालेपछि अन्तिम विकल्पका रुपमा उनका श्रीमान प्रेम चन्द्र ढुंगानाले गो फण्ड संचालनमा ल्याएका भएपनि गो फण्ड संचालन गरेको २ दिनमा नै उनको मृत्यु भएको हो ।

 संगीता ढुंगानाका नाममा खोलिएको गो फण्डका लागि तलको लिंगमा क्लिक गर्नुहोस्

https://www.gofundme.com/f/help-fund-sangita-dhunganas-medical-expenses?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

TOP