Trending

टेक्सासको युलेशमा आयोजना हुँदै बृहत रक्तदान कार्यक्रम

टेक्सासको युलेशमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था ब्लड डोनर्स (बिडिए) अमेरिकाले आउँदो अगष्ट २६ तारिक शनिबार वृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

ड्यालस फोर्टवर्थ क्षेत्र मै पहिलो पटक हुन लागेको बृहत रक्तदान कार्यक्रमको सिटी अफ युलेश, नेपाली समाज टेक्सास तथा ब्लड डोनर्स अफ अमेरिकाले सँयोजन गर्ने छन भने रक्तदान कार्यक्रम ड्यालस फोर्टवर्थ क्षेत्रमा कृयाशिल सँघ सँस्थाको सहयोग र सहभागिता रहने छ ।

बृहत रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि बिडिएले शनिबार अर्भिंग स्थित करिलिफ रेष्टुँरामा आयोजना गरेको छलफल कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका बिभिन्न नेपाली समुदायका सँस्थाका प्रतिनिधिहरु, सामाजिक अगुवाहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार नेपाली समाज टेक्सासको २५ औं स्थापना दिवसका अवसरमा उक्त कार्यक्रम गर्न लागिएको हो । युलेश सिटी लाईव्रेरीको सभाकक्षमा बिहान १० बजे आयोजना हुने रक्तदान कार्यक्रममा नेपाली समुदायलाई रक्तदानको महत्वको वारेमा समेत जानकारी दिईने अध्यक्ष वाग्लेले बताउनु भयो । बैठकमा बृहत रक्तदान कार्यक्रमको व्यवस्थापन, प्रचार प्रसाार तथा सहभागिताको वारेमा छलफल गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सफल बनाउन उक्त दिन आवश्यक पर्ने फलफूल, जुस, पानीको व्यबस्थापन नेपाली समाज टेक्ससले गर्ने प्रतिवद्धता जनाएको छ । उक्त रक्तदान युलेस सिटी लाइब्रेरी भवनमा अगष्ट २६ शनिबार बिहान १० बजेबाट सुरु हुनेछ ।

TOP