Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

उमेर झुक्याएर सेवामा बहाल रहेको खुलासा भएपछि डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाण्डौँ, १० फागुनः उमेर झुक्याएर सेवामा बहाल रहेको खुलासा भएपछि डीआईजी अशोक सिंहले दि राजिनामा नेपाल प्रहरीका नायब महानिरीक्षक डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् ।हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि बढेको विवादका कारण डिआईजी सिंहले राजिनामा दिएका हुन् ।

डीआईजी सिंहले उमेर झुक्याएर सेवामा बहाल रहेको खुलासा भएपछि चौतर्फी विरोध भएको थियो ।विरोधपछि बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर सिंहले राजीनामा दिएको राष्ट्रिय संचार माध्ययमहरुले जनाएका छन् । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहन्थे । उनका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् ।

संह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ । तर २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । नागरिकताको उमेरअनुसार उनको जन्ममिति विसं २०२४ हुनुपर्ने हो । साविक सेती अञ्चल कैलाली जिल्ला निगाली गाउँ पञ्चायत स्थायी ठेगाना राखेर तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्रभक्त श्रेष्ठले नागरिकता जारी नागरिकतामा नै उमेर विवाद देखिएपछि उनको पेसागत जीवन र बढुवाका लागि यहि कारणले अप्ठेरो पर्न थालेको थियो ।

विवादले अर्को रुप नलिंदै सिंहले पदबाट राजिनामा दियपछि यो विषयले थप चर्चा पायको छ । नागरिकतामा भएको उमेर अनुसार सेवा अवधि कायम हुने हो भने सिंह २०७९ जेठ २२ मै एसएसपीको उमेर हदका कारण अनिवार्य अवकाशमा जाने थिए । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष हुने उल्लेख छ तर सिटरोल अनुसार उनी अवकाशमा गएनन् ।

२०५१ चैत ५ मा निरीक्षकमा भर्ना भएका उनी त्यसपछि विभिन्न मितिमा डीएसपी, एसपी र एसएसपीमा बढुवा भएका थिए । बढुवा गर्दा नागरिकता र सिटरोलको उमेर नभिडाई निर्णय भएको छ । पछिल्लो पटक असार १७ मा सिंहसहितका डेढ दर्जन एसएसपीहरू डीआईजीमा बढुवा भएका थिए । सिंहले भारतको एक शैक्षिक संस्थाबाट प्रमाणपत्र तह र स्नातक उत्तीर्ण गरेको कागजात पेस गरेका थिए

TOP