Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

माछा मार्ने बिषयमा भएको बिवादमा महिलाको मृत्यु – ४ जना घाईते

सप्तरीमा माछा मार्ने क्रममा भएको विवादमा झडप हुँदा एक महिलाको मृत्यु हुनुका साथै ४ जना घाईते भएका छन् । आइतबार सप्तरीको बोदेबर्साइनमा भएको बिबाद पछिको कुटपिटबाट कुशबाहा टोलकी ३५ वर्षीया गंगियादेवी मण्डलको घटना स्थलममा नै मृत्यु भएको हो ।

झडपमा सोही स्थानका जयनारायण मण्डल, सोबिन्द्र मण्डल, धिरज मण्डल र जोगिन्द्र मण्डल घाईते भएका छन् । माछा मार्ने क्रममा बिबाद भएपछि आक्रोशित उनिहरुबिच धारिला घरेलु हतियार सहित कुटपिट भएको थियो ।

बन्चरो, भाटा लगायत सामग्रीले प्रहार गर्दा ति महिलाको ज्यान गएको थियो भने अन्य घाईते भएका थिए । घाइतेहरुको लाहान स्थित कामना नसिंङ्ग होममा उपचार भइरहेको छ भने घटनामा संलग्न ४ जना आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

TOP