Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ओलीको प्रतिक्रियाप्रति शर्माको टिप्पणीः बालकोटमा बादल लाग्दा बानेश्वर धमिलो देख्नु भयो

नेपाली काँंग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नीति तथा कार्यक्रममाथि नकारात्मक धारण नराख्न आग्रह गरेका छन् ।

आइतवार प्रतिनिधिसभा बैठकमा पछि संचाकर्मीहरुसँग उनले सरकारले शुक्रवार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि अध्यक्ष ओलीले नकारात्मक धारणा राखेको बताए । बालकोटमा बादल लाग्दा बानेश्वरमा धमिलो देख्ने प्रवृति ओलीमा रहेको शर्माको टिप्पणी थियो ।
उनले भने ‘बालकोटमा घाम लागेको बेला बानेश्वरमा उज्यालो देखिने । बालकोटमा बादल लाग्यो भने बानेश्वरमा पनि धमिलो देखिने योे खालको मनोविज्ञान र प्रवृति केपी ओलाीमा देखियो यो प्रवृति अन्त्य गर्नुहोला ।’

उनले अझै गाउँ गाउँमा पानीको धारा सम्म नपुगेको अवस्थामा अध्यक्ष ओलीको पानी जहाजको सपना आवश्यक नरहेको बताए । अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा टेकेर आगामी दिनको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ । उनले भने‘गाउँमा पानीको धारा पु¥याउन नसकेको यो देशमा पानी जहाजको आवश्यक छैन् । अहिले जे नीति तथा कार्यक्रम आएको छ यो पर्याप्त छ म भन्दिन तर यसमा टेकेर आगामी दिनको यात्रा तय गर्नुपर्छ ।’

TOP