राष्ट्रपति उम्मेद्वारमा कांग्रेसलाई प्रधानमन्त्री दाहालको समर्थन
काठमाण्डौँ, ११ फागुनः बुधबार बेलुका भएको भेटवार्तामा कांग्रेस र माआवादी सहमतिनजिक पुगेका छन् ।
प्रधानमनन्त्री एंवम माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बीच बालुवातारमा भएको भेटवार्ताको आधार लिखित सहमतिमा गर्ने तयारी पुगेका छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति उम्मेदवारलाइृ आफू र आफ्नो पाटीको तर्फबाट भरपूर सर्मथन गर्ने प्रतिबद्वता रहेको बैठमा सहभागी एक नेताले जानकारी दिएका छन् । सहभागी नेताका अनुसार पहिले राष्ट्रपतिका विषयमा सम्झौता गर्ने र पछि सत्ता सहकार्य गर्ने समझदारी भएको छ् ।
पाँच पटक प्रधानमन्त्री भईसकेका सभापति देउवा दल भित्र आफै उम्मेदवारमा अघि सरे हुन्थो भन्ने छ, भने अर्काेतिर कांग्रेस नेता रमेश लेखकको अनुसार कार्यकारी प्रमुख भएको व्यक्तिलाई अघि सार्दा कार्यकारी राष्ट्रपतिको अभ्यस तिर देश जान सक्ने खतरा रहेको बताए । नेता लेखकले सभापति देउवा नै उम्मेदवार हुने संकेत नदेखिएको बताए ।