बैठकमा सहभागी हुन गएका गाउँपालिकाका अध्यक्षको सवारी दुर्घटनामा मृत्यु
नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्युु भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ५१ वर्षिया शर्मा परासीमा राखिएको जिल्ला विपद् व्यस्थापन समितिकोे बैठकमा सहभागी हुन जाँदै गर्दा सडक दुर्घटनामा परेका हुन् ।
गाउँपालिकाको गाडी आफैंले चलाएर परासी जाँदै गरेका उनको गाडी बर्दघाटमा दुर्घटनामा मृत्यु भएको थियो । अगाडीबाट साईकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा दुर्घटनामा परेका उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो ।