Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

चन्द्रागिरीमा हिउँले पुरिएको अवस्थामा शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं – काठमाडौं र मकवानपुरको सीमा क्षेत्रमा पर्ने चन्द्रागिरीमा एक पुरुषको शव भेटिएको छ । हिउँले पुरिएको अवस्थामा भेटिएको शव चार्टर्ड एकाउन्टेन्ट प्रज्वल पोखरेलको भएको पुष्टि भएको छ ।

प्रहरीले परिवारका सदस्यले घटनास्थलबाट शव पोखरेलको भएको सनाखत गरेको जनाएको छ । मृत्तक पोखरेलको माथिल्लो भागमा कुनै कपडा छैन् । शब हिँउमा गाडिएको अवस्थामा छ ।

प्रहरीले घटनाको अनुसन्धान कार्य भइरहेको जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा शुक्रबार उनी कार्यालयबाट हराएको भन्ने जाहेरीपछि उनको खोजी तिब्र भएको थियो ।

परिसरका एसपी सिद्धीविक्रम शाहका अनुसार पोखरेल सीए भएको र उनी बिहीबार कार्यालयमा मोटरसाइकल र मोबाइल छाडेर सम्पर्क विहिन भएपछि प्रहरीले उनको खोजी तिब्र पारेको थियो ।

एसपी शाहका अनुसार क्लोज सर्किट क्यामेराको भिडियोमा उनी कार्यालय बाहिर सडकमा आएर ट्याक्सी चढेको देखिएको थियो । प्रहरीले बिहीबार नै उनी चढेको ट्याक्सी खोज्न सकुर्लर गरेपनि शुक्रबारमात्रै ट्याक्सी फेला परेको थियो

‘ट्याक्सी चालकले मृत्तकलाई मातातिर्थको जंगलमा छाडेको बताएपछि हामीले चन्द्रागिरी क्षेत्र र मकवानपुर समेतलाई खबर गरेका थियौं’ एसपी शाहले भने । एसपी शाहका अनुसार पी एण्ड एशोसिएटस नामक कम्पनीबाट उनी बिहीबार सम्पर्क बिहिन भएका थिए । उनले मोबाइल स्विच अफ गरेर कार्यालयमै छाडेका थिए ।

घटनास्थल मकवानपुरको ईन्द्रसरोवर-५ मा रहेको प्रहरीले जनाएको छ। मकवानपुरका एसपी सुरेन्द्र गुरूङले अनुसन्धान अधिकृतको टोली चिकित्सक सहित घटनास्थल पुगेर अनुसन्धान गरेपछि मात्र घटना कसरी भएको हो भन्न सकिने बताए ।

TOP