Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

धादिङको रुबिभ्यालीमा सडक खन्दै गरेको डोजर सहित ३ जना पुरिएर बेपत्ता

धादिङको रुबिभ्यालीमा पहिरो खस्दा डोजर सहित ३ जना पुरिएका छन् । उत्तरी धादिङको रुबिभ्याली-१, पुरुमा खसेको पहिरोले डोजर सहित ३ युवा पुरिएका हुन् ।
पहिरोमा पुरिएर डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएका छन् ।

रुबिभ्याली(१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्र्याक खोल्ने क्रममा सडक खन्दै गरेको बेला माथिबाट खसेको पहिरोले पुरिएर बेपत्ता रहेका उनिहरुको खोजी कार्य ढिला भएको छ । पहिरो खस्ने क्रम नरोकिएका उद्धार गर्न कठिन भै रहेको बताईएको छ ।

विकट मानिने सो स्थानमा प्रहरी चौकीको समेत पहुँच नभएकाले घटनाबारे थप बिबरण आउन सकेको छैन । जिल्ला प्रहरी कार्यलय धादिगंका अनुसार घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्दछ ।

TOP