Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पिताको योगदानको स्मरण गर्दै नरेश खाती र एलिना चौहानको ‘मेरो बाबा भगवान’ सार्वजनिक

गायक नरेश खातीको नयाँ गीत सार्वजनिक भएको छ । गायक नरेश स्वयंको शब्द संगीत रहेको ‘मेरो बाबा भगवान’ बोलको गीत गायिका एलिना चौहानसंगको युगल आवाजमा अनप्लग भिडियो सहित सार्वजनिक भएको हो ।

बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक यस गीतमा एउटा पिताले सन्तानका लागि कति ठुलो त्याग गरेको हुन्छ र हरेक सन्तानले आफ्ना बुवाप्रति सम्मान गर्नुपर्ने सन्देश रहेको छ । आफ्ना बुवालाई, भगवान, सुपरम्यान जस्ता सम्मानित संबोधन गर्दै सार्वजनिक यस गीतको संगीत संयोजन बिसाल निरौलाले गरेका हुन् ।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अनप्लग भिडियोमा गायक नरेश र गायिका एलिनालाई प्रस्तुत गरिएको छ । जसलाई अजय रेग्मीले छायांकन र निरञ्जन केसीले सम्पादन गरेका हुन् ।

TOP