Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एवम् नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ ।

अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदनप्रदान गर्ने विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिदैँ दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।

बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध बिकास हुने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षिय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।

नेपालले भियतनामबाट मसला ९मरिच०, ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र विरालोको खाना निर्यात गर्दै आएको छ ।

अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशकअघि लागु गरिएका आर्थिक सुधारका कदमहरुको फलस्वरुप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धिप्रति खुसी पनि व्यक्त गरे ।

सो भेटमा पुर्वगृहमन्त्री तुआनले बौद्धजन्मस्थल धेरै भियतनामीका लागि पबित्रस्थलको रुपमा रहेको उल्लेख गर्दै सिधा हवाइसेवा सुचारु गर्न तथा व्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताए ।

 

TOP