Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

२७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न

काठमाडौं । नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ।

सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ।

बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको नयाँ हेलिप्याट सञ्चालनमा आएको छ।

उक्त हेलिप्याडमा सेना कै हेलिकोप्टरबाट परिक्षण उडान समेत सफल रूपमा भरिएको हो छ। वर्षेनी रुपमा सेनाले जिल्लामा जनहितका लागि शिघ्र प्रभाव आयोजनाअन्तर्गत नाम्खा
गाउँपालिकामा सो हेलिप्याड निर्माण गरेर सञ्चालनमा आएको छ।

सेनाले हेलिप्याड निर्माण गरेपछि नाम्खा गाउँपालिकामा हेलिकोप्टरलाई आपतकालीन लगाएतका उडान भर्न सहज भएको छ।

यसअघि गाउँपालिका केन्द्रमा हेलिप्याड नहुँदा हेलिकोप्टरले उडान भर्नुपर्दा खाली जमिनमा उडान भर्नु र्ने बाध्यता रहेको थियो। सेनाको सहयोगमा बनेको हेलिप्याडले अव उडान भर्न सहज भएको हो। हेलिप्याड नाम्खा गाउँपालिका( ४ मा रहेको गाउँपालिका केन्द्रमा निर्माण गरिएको हो। गत चैत २ गतेबाट हेलिप्याडको निर्माण कार्य सुरु गरेर चैत २९ ते सम्पन्न गरेको थियो।

TOP