Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मितव्ययीता अबलम्बन गर्न नसकेको गुनासो गरेकी छिन् ।

विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भेटघाट कार्यक्रममा सरकारप्रति असन्तुष्ट देखाएकी राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन कठोरतापूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

सरकारका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाएकी राष्ट्रपति भण्डारीले पाँचबुँदे लिखित धारणामार्फत हरेक नागरिक, परिवारदेखि राज्यका निकायलाई सकेसम्म खर्च नियन्त्रण गर्न भनेकी छिन् । ‘आर्थिक अनुशासन र मितव्ययीतालाई हामीले जीवन पद्धतिका रुपमा अवलम्बन गर्नुपर्दछ’, उनले भनेकी छिन् ।

अर्थ व्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालले तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी काम थाल्नुपर्ने भन्दै उनले कृषि, वन, पर्यटन र जलविद्युतलाई तुलनात्मक लाभको क्षेत्र मानिएको बताइन् । नागरिक दैनिकबाट

TOP