गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बर्तमान बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेले आफ्नो औपचारिक उमेद्वारी घोषणा गर्ने भएका छन् । वर्तमान कार्यसमिती वरिष्ठ उपाध्यक्ष डा. बन्जाडेले टेक्ससबाट एक कार्यक्रमको आयोजना गरी आशन्न निर्वाचन (२०२१-०२३) का लागि एनसीसी अध्यक्ष पदमा आफ्नो औपचारिक उमेद्वारी घोषणा गर्ने भएका हुन् ।
यस अघि फेसबुक मार्फत अनौपचारिक उमेद्वारी घोषणा गरेका वन्जाडेको औपचारिक उमेद्वारी घोषणा कार्यक्रममा उनका चुनावी प्रतिवद्धता,अतिथी सहभागीको धारणा र जिज्ञाशामाथीको जवाफ लगायका कार्यक्रम रहने बताईएको छ ।
नेपालको अर्घखाँची जिल्लामा जन्मेका डा. अर्जुृन बन्जाडे यो भन्दा अघिल्लो कार्यसमितीमा सर्वाधिक मत ल्याएर बिजयी भएका बोर्ड अफ डिरेक्टर हुन् भने वर्तमान कार्यसमितीमा अध्यक्ष पदका अन्तिम ४ प्रत्यासी मध्यका एक हुन् । पछि उनले वर्तमान अध्यक्ष सुनिल शाहलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । यसर्थ उनलाई संस्थागत र नेपाली समुदाय दुवैको समर्थन यस पटक रहने देखिन्छ ।
टेक्सस राज्यमा आफ्नो कामको बिषयमा राज्य स्तरका दुई समितीमा समेत काम गरेको अनुभव संगालेका उनि जनसंख्या बिषयमा स्नातकोत्तर गरेपछि लागि सन् १९९८ मा Ohio University मा डिग्री अध्ययनका लागि अमेरिका आएका हुन् ।
नेपाल रहँदा नै Johns Hopkins University संग आवद्ध रहेर काम गरेका बन्डाडे अध्यनका लागि अमेरिका आएपछि Johns Hopkins University अन्तरगत नै अमेरिकामा समेत कार्यरत थिए । डिग्री अध्ययन पुरा गरेपछि सोहि बिश्व बिद्यालयबाट आम सञ्चार बिषयमा पिएचडी गरेका उनि पिएचडीपछि डा. अर्जुन बन्जाडेका रुपमा त्बचचबलत ऋयगलतथ ऋयििभनभ मा म्ष्चभअतयच या क्तबतभ च्भउयचतष्लन को रुपमा नियुक्त भएका थिए।