नेकपा (एस) केन्द्रीय अर्थ तथा योजना बिभागको सचिबमा युवा नेता आचार्य मनोनीत
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय अर्थ तथा योजना बिभागको सचिब मा युवा नेता रमेश आचार्य मनोनीत भएका छन् । नेकपा एस निकट युवा संघ नेपालमा सक्रिय युवा नेता आचार्यलाई पार्टीले निकै महत्वपुर्ण जिम्मेवारी सहित उक्त पद दिएको हो ।
को हुन आचार्य
सुनसरीको पश्चिमी क्षेत्र बराहक्षेत्र नगरपालिका वडा न ७ का स्थायी बासिंदा रमेश आचार्य युवाहरुका मात्र नभई समग्र त्यस क्षेत्रमा लोकप्रिय छन्। २०५८ साल देखी अनेरास्वबियुमा रही विध्यार्थी राजनीतिमा सक्रिय आचार्य उच्चशिक्षाका लागी राजधानि प्रस्थान पश्चात बानेश्वोर बहुमुखी क्यामपस नयाबानेश्वोर काठमाण्डू मा स्नातक कमिटी अध्यक्ष हुदै युवा राजनीतिमा जोडिन पुग़े। युवासंघ नेपाल को केन्द्रीय उधोग विभाग सचिब,केन्द्रीय सदस्य हुदै केन्द्रीय स्थायी कमिटी सदस्य को ज़िम्मेबारी सम्हालदै पार्टीको ज़िल्ला सम्पर्कमंच सचिवालय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखको ज़िम्मेबारी कुशलतापूर्वक निभाएका थिए ।हाल उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय अर्थ तथा योजना विभाग, सुनसरी काठमाण्डू सम्पर्क मंच अध्यक्ष को ज़िम्मेवारी निभाईरहेका छन भने युवासंघ नेपाल को केन्द्रीय शिक्षा विभाग प्रमुख तथा सुनसरी सह इंचार्ज भई युवा आन्दोलनको पनी नेतृत्व गरिरहेका छन।
त्रिभुवन विश्वविध्यालय बाट व्यवस्थापन, जनप्रशाशन र अर्थशास्त्रमा स्नात्तोकोत्तर गरेका आचार्य भारतको चेन्नई स्थित अन्नामलाई विश्वविध्यालय बाट मेरिट लिस्ट सहित मूल्य शिक्षा तथा आध्यात्मिकता विषय मा एम एससी पनी गरेका छन भने हाल उनी अर्थशास्त्र लाई मूल विषय बनाई अध्ययन अनुसंधान गर्दै एमफ़िल पूरा गरी हाल उनी स्क़ोलार हुन । अर्थशास्त्रलाई राजनीतिमा जोड़दै देश विकाशका दीर्घकालीन तथा दिगो योजना तथा नीति निर्माण गरी योगदान गर्ने योजना रहेको उनले सुनाए। विभिन्न सामाजिक संस्थाहरु संग जोड़िएका रमेश आचार्य लायंस क्लब इन्टनेशनल ३२५ ँ का ज़ोन चेयर पर्सन को रुपमा पनी सक्रिय छन ।