अमेरिकामा बन्दुक कानुनमा कडाईको माग सहित देशव्यापी आन्दोलन सुरु-राष्ट्रपतिले आन्दोलनको पक्षमा
अमेरिकामा पछिल्ला केहि साता यता बढ्दै गएको बन्दुक आतंकका बिरुद्ध अमेरिकी नागरिक प्रदर्शनमा उत्रिएका छन् । बिद्यालय, अस्पताल, अपार्टमेन्ट परिसर लगायतका सबै स्थान असुरक्षित बन्दै भएपछि अमेरिकी नागरिक बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।
बन्दुक आक्रमणका घटनामा १० बर्ष देखी १८ बर्ष उमेरका बालबालिका समेत संलग्न भएपछि बन्दुक कानुनमा कडाईको माग गर्दै लाखौं नागरिरक बिभिन्न स्थानमा बिरोध आन्दोलनमा उत्रिएका हुन् ।
व्यक्तिले सजिलै आफुसंग बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न माग सहित नागरिक देशव्यापी प्रदर्शनमा निस्किएको यस आन्दोलनमा आज हरेक दिन दशौं हजारको संख्यामा आन्दोलनमा सहभागी भै रहेका छन् ।
म बन्दुक आक्रमणबाट बाँच्न चाहन्छु लेखेको पम्प्लेट सहित सडमा उत्रिएको उनिहरुले अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटनाप्रति आक्रोसित बन्दै सरकारसंग सुरक्षित कानुनको माग गरेका छन् ।
राष्ट्रपति जो बाइडेनले समेत समर्थन गरेको यस प्रदर्शनबारे राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धी कानुन संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गरेका छन् ।
गत मे २४ का दिन टेक्ससको एक प्राईमरी बिद्यालयमा १९ जना स साना बालबालिकाको ज्यान गएको घटना पछि दिनानु दिन बन्दुक आक्रमणको घटना मध्य बिद्यालयमा १८ बर्षिय किशोरले र अर्की १० बर्षकी बालिकाले आमासंग झगडा गर्दै गरेकी महिलालाई गोली हानेपछि बन्दुक कानुनमा कडाईको माग गरिएको हो ।
अमेरिकामा हरेक बर्ष बन्दुक आक्रमणबाट दर्जनौं मानिसको ज्यान जाने गरेको छ । टेक्ससको स्कुलमा भएको घटनाले यस अघि सन् २०१८ फेब्रुअरीमा फ्लोरिडाको एउटा विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डलाई पनि सम्झाएको छ । सो समय पनि यहि प्रकारको आन्दोलन भएको थियो भने गत बर्ष मात्रै गोलीकाण्डका २६ वटा घटना भएको विवरण रहेको छ ।