Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

आफ्ना नागरिकलाई ऋण उपलव्ध गराएरै पनि अफगानिस्तानबाट फिर्ता ल्याउने अमेरिकाको निर्णय

अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानमा आफ्ना नागरिकहरुलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता ब्यक्त गर्दै अमेरिका र बेलायतले आफ्ना नागरिकलाइ अफगानिस्तान छाड्न आग्रह गरेका हुन् ।

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन्।

काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध समेत समेत गराएर फिर्ता गर्ने प्रतिवद्धता ब्यक्त गर्नुका साथै आपत्कालीन उद्धारमा भर नपरी जति सक्दो चाँडो व्यापारिक उडानहरुबाट अमेरिका फिर्ता भै हाल्न साथै आउन असहज भएकाहरुले आफ्ना समस्या दुतावासलाई जानकारी गराएर सहयोग लिन अनुरोध गरेको छ ।

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकाले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरुको निसानामा आफ्ना नागरिक नपरुन् भन्ने उदेश्यले पहल सहित नागरिक फिर्ता बोलाएको अमेरिका र बेलायतले आफ्ना नागरिकको जिउ ज्यानको जोखिमलाई ध्यानमा राखी यस पक्रारको आह्वान गरेको हो ।

 

TOP