Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कांग्रेस सांसद शर्माद्धारा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले सुन प्रकरणमा भरियामात्रै पक्राउ गरेको र मुख्य दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले यसअघि पनि बिभिन्न प्रकरणमा नाम जोडिएपछि राजीनामा दिने गरेको स्मरण गर्दै अहिले उक्त प्रकरणलाई निष्कर्षमा पुराउन राजीनामा दिएर सहयोग गर्नुपर्ने धारणा राखे । शर्माले सुन प्रकरण नेपाली जनतासंगको प्रश्न भएकाले गाँउको भरियालाई मात्रै पक्राउ गरेर नाइकेलाई भगाउने प्रयास गरि सदनमा आमरण अनसन बस्ने बताए ।

उनले समय तोकेर नै सरकारले सुन प्रकरणको मुख्य नाइकेलाई पक्राउ गर्न सक्नुपर्ने जिकिर गरे ।

 

TOP