Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

आईजीपी कुँवरलाई निलम्बन गर्न सांसद शाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल प्रहरीका प्रहरी प्रमुख बसन्त कुँवरलाई निलम्बन गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा भएको नीति तथा कार्यक्रममा भएको छलफलमा बोल्दै सांसद् शाहीले शरणार्थी प्रकरणको सम्बन्धमा कुँवरको नाम मुछिएको भन्दै उनलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका हुन् ।

उनले भने– ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ । आज नेपाल प्रहरीका आइजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने ? उम्काइदिने?  त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’

TOP