Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

शुक्रबार टेक्ससमा निमा रुम्बा, परिजिता बास्तोला र द एक्स ब्याण्ड सहितको बृहत कन्सर्ट हुँदै

अमेरिकाको टेक्ससमा चर्चित गायक निमा रुम्बा, द भ्वाई अमेरिकाकी शिर्ष ८ प्रतिस्पर्धि परिजिता वास्तोला र द एक्स ब्याण्डले एकसाथ प्रस्तुती दिने भएका छन् । कल्चर मेजेस्टी र अमर क्षेत्री फउण्डेशनको प्रस्तुतीमा आगामी फेबु्रअरी १० तारिक हुन लागेको सांगीतिक सांझमा गायक रुम्बा र गायिका वास्तोला र द एक्स ब्याण्ड सहितका अन्य कलाकारले एकसाथ प्रस्तुती दिने भएका हुन् ।

फेबु्रअरी १० तारिक शुक्रबार सांझ ८ बजेबाट सुरु हुने यस कन्सर्टमा बृहत सहभागिता रहने देखिन्छ । नेपाली सर्व वाहुल्य राज्य टेक्ससमा निमा रुम्बा र द एक्स व्याण्डका आ–आफ्नै फ्यानहरु रहेका छन् भने, यि दुवैका गीत मन पराउने पुस्ता पनि प्रसस्त छन् । उनिहरु टेक्सस आउने खबरले फ्यान फलोअर्सहरुमा उत्साह देखिएको छ ।

त्यस्तै विसाल देश अमेरिकाको विश्व चर्चित सिङ्गिङ रियालिटी शो द भ्वाईसको शिर्ष ८ प्रतिस्पर्धि परिजिता बास्तोलाका फ्यानहरु सबै उमेर र वर्गका भएकाले पनि यो कार्यक्रममा सहभागिता संख्या बढि हुने देखिन्छ । अडिसन राउण्डबाट नै विश्व चर्चामा आएकी बास्कोटाले भोटिगं राउण्डमा कम मतका कारण मात्र हार्नु परेकाले उनको प्रस्तुती हेर्न अमेरिकामा नै जन्मिएका र हुर्किएका नया पुस्ताको पनि सहभागिता यस कार्यक्रममा बढ्ने निश्चित देखिन्छ ।

 स्थानिय कलाकार तथा व्याण्डहरुको समेत प्रस्तुती रहने यस कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि अनलाईन टिकट खुल्ला गरिएको छ ।

TOP