सांसद सहनाजको मृत्यु शोक व्यक्त गर्दै राष्ट्रिय सभाको बैठकगित
काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भोलि अपरान्ह १२:३१ बजे बस्ने गरि स्थगित भएको हो ।
जसपातर्फको प्रतिनिधि सभा सदस्य सहनाज रहमानको मृत्युमा शोक व्यक्त गर्दै आजको बैठक समाप्त गरिएको छ ।
बैकठमा सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमन, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक प्रतिवेदन लगायतका विषय पेश हुने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राप्रपा सरकारबाट बहिरिएको सम्वन्धमा प्राप्त पत्र जानकारीका लागि पेश गर्ने कार्यसूची रहेको थियो ।